काठमाडौँ- मंगलबार रातिदेखिको वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग अबरूद्व भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग बिहान ७ बजेदेखि अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पहिरो गएको ठाउँमा सडक एकतर्फी बनेको छ। यस्तै इच्छाकामना गाउँपालिका–३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी अरूद्व भएको छ।
राजमार्ग खुलाउने प्रयास गरिएको प्रहरीले जनाएको छ। सडक अबरुद्ध भएपछि काठमाडौ जाने र पोखरा तथा नारायणगढ जाने सवारीसाधनको लाइन लाग्न थालेको प्रहरीले जनाएको छ।
