काठमाडौँ– आज देशका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाका सम्भावना रहेका छन्।
ती क्षेत्रमा जोखिम बढी हुने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ।
हाल भने देशभर साधारणतया बदली मात्र भइरहेको छ।


