काठमाडौँ- भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा मृतक महिला भएको भनिएकोमा पुरुष भएको खुलेको छ।
यसअघि महिला भनिएकोमा उक्त सनाखत गलत भएको भक्तपुरु प्रहरीले जानकारी दिएको छ।
प्रहरीले सीसीटीभी फुटेज हेर्दा पुरुषले बा. ४९ प ८९४४ नम्बरको स्कुटर चलाएकाे देखिएकाे छ।
यसैकाे आधारमा मृतक पुरुष भएकाे प्रहरीले पुष्टि गरेकाे हाे। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ ।
ट्रक चालकलाई भने प्रहरीले पक्राउ गरेको छ। सर्लाही मलंगवा नगरपालिका-२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए।
प्रहरी चेकिङका क्रममा जथाभावी गाडी रोक्न लगाउँदा दुर्घटना भएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए। भीड नियन्त्रण गर्न २२ राउन्ड अश्रुग्यास प्रहार भएको थियो।
बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो। ट्रकको चक्कामुनि परेर स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो।
ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
यसअघि दुर्घटनामा परी मृत्यु भएको शव सुष्मा नेपालीको भएको प्रहरीले बताएको थियो।
दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली भएको बताइएको थियो। तर सुष्मा नेपाली नै सम्पर्कमा आएपछि उक्त शव सुष्मा नेपालीको नभएको पुष्टि भएको हो।


