काठमाडौँ- सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का गरिएको छ। जिल्लाको थामे क्षेत्रमा अहिले ठूलो बाढी आइरहेको छ।
सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले बाढी आएपछि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिइन्।
बाढीले दुई वटा होटल पूर्ण रूपमा बगाएको र मानवीय क्षतिको विवरण प्राप्त नभएको उनले जानकारी दिइन्।
यसैगरी साेलुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार तीनवटा घर बगाएको र चार–पाँचवटा घर जोखिममा रहेका छन्।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।


