सोलु– सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ।
दूधकोशीको सहायक थामे खोलामा शुक्रबार दिउँसो एक्कासी आएको बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँका घर, स्कुल, होटल भएको क्षेत्रमा बाढी पसेको छ।
बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरेको हो।
माथिल्लो भेगमा रहेको हिमताल फुटेर बाढी आएको हुन सक्ने स्थानीयको आशंका छ।
जिल्ला प्रशासन कार्यालयले भने कसरी बाढी आएको हो भन्ने पुष्टि नभएको बताएको छ।
थामे खोलामा आएको बाढीले गाउँ डुबानमा पारेको वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए। थामेमा ४५ घरधुरी छन्।
थामे गाउँ पुग्न सोलुखुम्बु सदरमुकामबाट ४ दिन लाग्छ।
भिडियो:


