काठमाडौँ– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सिंहदरबारलाई प्लास्टिकमुक्त बनाउने प्रतिबद्धता जनाएका छन्।
वन तथा वातावरण मन्त्रालयको सहकार्यमा साथसाथै फाउन्डेसनले आयोजना गरेको जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र चाडपर्वलाई वातावरणमैत्री बनाउने अभियान घोषणा कार्यक्रममा ठकुरीले तिबद्धता जनाएका हुन्।
मन्त्री ठकुरीले भने, ‘हामीले यसअघि नै आफ्नो मन्त्रालयलाई प्रयोग गर्न अयोग्य प्लास्टिकमुक्त बनाइसकेका छौँ, अब सबै मन्त्रालयमा यो अभियान पुर्या्उनेछौँ। यसमा सबैको सहयोगको अपेक्षा गरेका छौँ।’
उनले सिंहदरबारभित्र ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोला प्रतिबन्धमा कडाइ गरिने उल्लेख समेत गरे।



