काठमाडौँ– पशुपतिको कोटीहोमस्थलमा शुक्रबार साँझ प्रहरी पुगेपछि झडप सुरु भएको थियो।
कथाबाचक विजय कृष्णमूर्ति जी महाराजले साँझ फेसबुक लाइभमा आएर प्रहरीले आफूहरूमाथि हातपात गरेको भन्दै प्रतिवादका लागि समर्थकहरूलाई आह्वान गरेका थिए। साथै उनले केही विवादित तथा भड्किलो अभिव्यक्ति पनि दिएको लाइभमा सुन्न सकिन्थ्यो।
के भएको थियो कोटीहोममा?
शुक्रबार कोटीहोम समापनको दिन थियो। प्रहरीहरू त्यहाँ सादा पोसाकमा खटिएका थिए। उनीहरूले आयोजकमध्येका एक विजय भण्डकारीसँग सोधपुछ गर्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ।
त्यहाँ विजय भण्डारी र जे कृष्णमूर्ति जीका समर्थक र भीडहरूले नाराबानी र उत्शृङ्खलता प्रस्तुत गरेपछि प्रहरी फर्किएको थियो।
