काठमाडौं– प्रहरी बिटभित्रै १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरी हबल्दार पक्राउ परेका छन्।
भक्तपुरको कमलबिनायक बिटमा कार्यरत कार्यरत प्रहरी हवल्दार नवराज श्रेष्ठविरुद्ध जबर्जस्ती करणी मुद्दा दायर भएको हो।
श्रेष्ठ अहिले पुर्पक्षका लागि थुनामा छन्।
२९ असारमा राति एक युवक र बालिका कमलविनायकस्थित कमलपोखरीमा गफ गरिरहेको अवस्थामा उनीहरूलाई हबल्दार श्रेष्ठले पक्राउ गरेका थिए।
पक्राउ पश्चात् बिटमा लगेर दुवैलाई पिटेको र बालिकालाई बिटभित्र कोठामा लगेर बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ।


