काठमाडौँ– पशुपतिनाथ कोटीहोम स्थलमा शुक्रबार साँझ भएको झडपबारे छानबिन गर्न काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ।
१५ दिन भित्र सत्य तथ्य प्रतिवेदन पेस गर्नेगरी गठन गरिएको समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसनका विष्णु कुमार थापा सदस्य रहेका छन्।
कोटीहोमस्थलमा शुक्रबार साँझ प्रहरी पुगेपछि झडप सुरु भएको थियो।
कथाबाचक विजय कृष्णमूर्ति जी महाराज भनेर चिनिने विजय भण्डारीलाई सोधपुछका लागि बोलाउँदा उनका समर्थकको भिडले नाराबाजी गर्दै तनाब सिर्जना गरेको थियो।


