काठमाडौँ– आज देशभरका हिन्दु धर्मालम्बीरूले जनैपूर्णिमा मनाउँदैछन्।
हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन पुरुषहरूले जनै फेरेर यो पर्व मनाउँछन्। साथै दिदी बहिनीहरूले आजका दिन दाजुभाइलाई रक्षाबन्धनको डोरो बाँधेर पनि जनैपूर्णिमा मनाउने गरेका छन्।
आज हरेकको घरमा क्वाँटी खाने चलन समेत छ। मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड तथा चहलपहल पनि आज देख्न सकिन्छ।


