काठमाडौँ– सर्लाहीमा हायस दुर्घटना हुँदा ६ जना घाइते भए छन्।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बा.प्र-०६-००१ ज ००६६ नम्बरको हायस ईश्वरपुर नगरपालिका-१२ बाँकेस्थित वनमा सोमबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले बताए।
दुर्घटनामा घाइते हुनेमा गोडैता नगरपालिका-९ बकैनियाका २८ वर्षीय सरोज कुमार चौधरी, २४ वर्षीय शुशिल कुमार चौधरी, २३ वर्षीय चुनचुन महतो, २६ वर्षीय रामजी पासवान, १९ वर्षीय सुमन महतो र गोडैता-२ निवासी २७ वर्षीय नवीन महतो रहेका छन्।
घाइतेहरूको लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ। गाडी आफैँ अनियन्त्रित भएर पल्टिएको डीएसपी श्रेष्ठले जानकारी दिए।
हायसभित्र १२ यात्रु सवार थिए।


