सिक्किम- भारतको सिक्किम राज्यमा नेपाली भाषालाई सरकारी मान्यता दिइएको छ।
अब विज्ञापन तथा राजपत्रमा अनिवार्य रूपमा नेपाली भाषा प्रयोग गरिने सिक्किम सरकारले जारी गरेको सूचनामा उल्लेख छ।
गृह विभागले जारी गरेको सूचनामा भारतको संविधानमा सूचीकृत गरेको भन्दै त्यसलाई प्रयोग अनिवार्य गर्ने बताइएको छ।
‘राज्य सरकारले अबउसो, सबै आधिकारिक अधिसूचनाहरु, राजपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित गर्ने निर्णय लिएको छ,’ सूचनामा भनिएको छ।
संविधानको धारा ३४४ (१)ले नेपाली भाषालाई आठौँ अनुसुचीमा राखेको छ। सन् १९९२ अगस्ट २० मा भारतको संविधान संशोधन गर्दै नेपाली भाषालाई मान्यता दिएको थियो। सोही दिनलाई नेपाली भाषा मान्यता दिवसको रुपमा भारतका नेपाली भाषी नागरिकहरुले मनाउँदै गरेका छन्। 


