काठमाडौँ- नेपाली कांग्रेसका सांसद मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा आचार्य मन्त्री बन्न लागेका हुन्।
राष्ट्रपतिको कार्यालयले उनलाई दिउँसो साढे १२ बजे मन्त्री पदमा शपथ दिलाउने तयारी गरेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।
कपिलवस्तु-२ बाट निर्वाचित आचार्य शेखर कोइराला निकट मानिन्छन्। यसअघि सिँचाई राज्यमन्त्री बनिसकेका आचार्य तीन पटक सांसद बनेका थिए।
कांग्रेसमा उनी हाल लुम्बिनी प्रदेशका महामन्त्री छन्। आचार्यलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री दाहालको छ। हालका उक्त मन्त्रालयमा रहेका महिन्द्रराय यादवलाई अर्को मन्त्रालय दिने तयारी गरेको बुझिएको छ।
