काठमाडौँ- काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुल नजिकैको एक घर अगाडि फेला परेको संकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ। उक्त वस्तु रित्तो कुकर मात्र रहेको पाइएको हो।
शंकास्पद वस्तु बम हुन सक्ने भन्दै देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि नेपाली सेनाको बम डिस्पोज टोली गएर हेर्दा रित्ता कुकर फेला परेको हो।
हरियो प्लाष्टिकभित्र कुकरको थोरै भाग बाहिर देखिएपछि स्थानीय त्रसित भएका थिए। बुधबार दिउँसो दुई जनाले उक्त वस्तु राखेर गएको सीसीटीभी फुटेजमा देखिएको छ।


