काठमाडौँ- सर्वोच्च अदालतले प्रहरीमा ३० वर्षे सेवा अवधि कायम गर्ने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो।
भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्रहरूलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेशमा उल्लेख छ।
यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि आदेशमा भनिएको छ।
सर्वोच्चले यो मुद्दालाई अग्राधिकार पनि दिएको छ। यो मुद्दाको पूर्ण सुनुवाइका लागि असोज १० गते पेसी तोकिएको छ।


