तनहुँ- आँबुखैरेनीको ऐनापहरा नजिकैबाट मर्स्याङ्दीमा बस खसेको छ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीले बस नदीमा खसेको प्रहरीले जनाएको छ।
पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ।
बस पानीमा आधा डुबेको अवस्थामा देखिएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको उद्धार टोली घटनास्थलमा पुगेको छ।
घटनाको थप विवरण आउन बाँकी छ।


