आँबुखैरेनी (तनहुँ)- तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा सवार ४ जना अझसम्म पनि सम्पर्कविहीन छन्।
चालकसहित ४३ जना रहेको बस दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेहरुको उद्धार चलिरहेको छ।
चार जना मर्स्याङ्दीमा बेपत्ता रहेको र उनीहरू नदीमा परेको हुन सक्ने प्रहरीको आकलन छ।
घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको थियो।
केहीबेर अघि हेलिकप्टर दुर्घटनास्थलमा अवतरण भैसकेको छ। हेलिकप्टरमार्फत घाइतेहरुलाई काठमाडौँ ल्याउने तयारी छ।
पोखराबाट शुक्रबार बिहान काठमाडौँ आउदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस मर्स्याङदी नदीमा खसेको थियो।


