तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहारा नजिकै दुर्घटनामा परेको बसमा यात्रारत सबै ४३ जना यात्री भेटिएका छन्।
पोखराबाट काठमाडौँका लागि प्रस्थान गरेको बस मर्स्याङदी नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ।
दुर्घटनाका १६ जना घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ। उनीहरूमध्ये १३ जनाको अवस्था गम्भीर छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत दुई पटक गरेर १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।
घाइतेहरूलाई त्रिवि शिक्षण अस्पताल पठाइएको गौतमले बताए।
गोरखपुरबाट केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो।
उनीहरु २ दिन पोखराको स्पोट्र्स होटलमा बसेर काठमाडौँका लागि प्रस्थान गरेका थिए। बसमा सवार सबै भारतीय नागरिक हुन्।


