२०८३ साउन १३ गते बुधबार

अब फर्कने छैनन् अमेरिकामा बेपत्ता नर्स ममता, पतिले नै गरेका थिए हत्या

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ८
mamata
पक्राउ परेका ममताका पति नरेश (रातो घेरामा) र इन्सेटमा ममता।

काठमाडौँ- तीन सातादेखि अमेरिकामा हराइरहेकी ममता काफ्ले जीवितै फर्कने सम्भावना सकिएको छ। ममताका पति नरेश भट्टले नै हत्या गरी शव लुकाएको अमेरिकी प्रहरीले गरेको अनुसन्धानले खुलाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ।

साउन १५ गते (जुलाई ३०) मा पति नरेशले घरमै ममताको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ। घरकै मुख्य बेडरुममा हत्या गरी शव लुकाएको देखिन आएको प्रहरीले त्यहाँको अदालतमा बुझाएको कागजपत्रमा उल्लेख छ।

बिहीबार अमेरिकाको मनाससस्थित प्रहरीले नरेशलाई शव लुकाएको आरोपमा पक्राउ गरेको थियो। पक्राउपछि प्रहरीले शुक्रबार बिहान भट्टलाई अदालतमा पेस गरेको थियो। प्रिन्स विलियम काउन्टी जुभेनाइल एन्ड डोमेस्टिक रिलेसन कोर्ट (स्थानीय अदालत)मा शुक्रबार बिहान ८:३१ बजे नरेशलाई पेस गरिएको हो।

कोर्टमा यो घटनाका विषयमा अर्को सुनुवाइ भने कात्तिक ८ (अक्टोबर २४) मा हुने बताइएको छ। अनुसन्धानका क्रममा ममताको हत्यासँग जोडिएका पर्याप्त डिजिटल र फोरेन्सिक प्रमाण बरामद भएको प्रहरीको दाबी छ।

मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले पत्रकार सम्मेलन गर्दै पति भट्टले अनुसन्धानमा समन्वय नगरेको बताएका थिए। बुधबार बेलुकीदेखि नै भट्टको घरलाई घेराबन्दी गरी प्रहरीले १२ घण्टा खानतलासी गरेको थियो। सोही प्रहरीले बिहीबार नरेशलाई पक्राउ गरेको थियो।

घरभित्रै ममताको हत्या गरी घिसारेर घरबाट निकालिएको प्रमाण भेटिएको प्रहरीले अदालतमा पेस गरेको अभियोजनपत्रमा उल्लेख छ।

ममता गत साउन १६ (जुलाई ३१) देखि हराएकी हुन्। अगस्ट २ मा पनि उनले काम गर्दै आएको स्थान यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले ममताको अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए।

घरभित्रै ममताको हत्या गरी घिसारेर घरबाट निकालिएको प्रमाण भेटिएको प्रहरीले अदालतमा पेस गरेको अभियोजनपत्रमा उल्लेख छ।

ममता जुलाई २८ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएकी थिइन्। यसअघि प्रहरीसँग भट्टले जुलाई ३१ मा श्रीमती ममतालाई अन्तिम पटक देखेको बयान प्रहरीमा दिएका थिए।

भट्टले प्रहरीलाई दिएको बयानमा कुरा बाझिएपछि उनीमाथि थप आशंका उत्पन्न भएको थियो।

प्रिन्स विलियम काउन्टीका एक अभियोजकका अनुसार नरेशले श्रीमतीको हत्या गरेको स्थानबाट सर्ने तयारी गरिरहेका थिए। यसका लागि उनले आफ्नो टेस्ला गाडी पनि बेचिसकेका थिए। घरमा भएका सुटकेस प्याक गरेका थिए। आफैँ हत्या गरेकी श्रीमती ममता बेपत्ता भएको भन्दै आफ्नो घर बेच्ने विषयमा पनि अरूसँग कुरा गरेका थिए। अधिकारीहरूका अनुसार यी काम उनले पुलिसबाट भाग्ने प्रयासका लागि गरेका हुन्।

३७ वर्षीय नरेश भट्टले नै हत्या गरी शव लुकाएको निष्कर्षमा पुग्नुअघि प्रहरीले प्रमाण संकलन गरेको थियो। प्रिन्स विलियम काउन्टीका अभियोजक सारा सामीका अनुसार प्रहरी अनुसन्धानमा ममताको घरमा नै रगतको टाटा फेला परेका थिए। तर बेपत्ता ममताको शव फेला परेको छैन।

जुलाई ३० मा ममताले पछिल्लो पटक काभ्रेमा रहेका आफ्ना आमाबाबुसँग सम्पर्क गरेकी थिइन्। प्रहरीका अनुसार त्यही दिन नरेशले चक्कु किनेर ल्याएका थिए। अनुसन्धान र अभियोजनमा संलग्न अमेरिकी अधिकारी सामीले भनिन्, ‘लाइसोल र फेब्रेज किन्नका लागि नरेश लाउडौन काउन्टी वालमार्ट पनि पुगेका थिए।’ अपराध प्रमाण (रगतका टाटा)मेटाउन नरेशले यी सामग्री किनेको हुन सक्ने अधिकारीहरुको आशंका छ।

युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा ममताका सहकर्मी होली विर्थसहितले ममताको अवस्था खोजी गरिदिन प्रहरीमा दबाब दिएका थिए। उनीहरूकै दबाब स्वरूप अनुसन्धानमा खटिएको प्रहरीले ममताको हत्या २५ दिनअघि नै भएको कुरा शुक्रबार मात्र पत्ता लगायो।

ममता बेपत्ता भएपछि खोज्नका लागि दबाब दिन मनसास प्रहरी‍अघि धर्ना दिइँदै। तस्बिर : इम्मा उबर/द वासिङ्टन पोस्ट

‘हामीले सुनेको कुरा हामीले सोचेको भन्दा खराब छ,’ ममताकी साथी विर्थले पत्रकारहरूसँग भनेकी छन्, ‘मास्टर बेडरूम र मास्टर बाथरूममा भएको हुन सक्ने अपराधको दृश्य त्यस्तोसम्म बन्यो होला भन्ने विश्वासै गर्न सकिरहेको छैन।’

शुक्रबार अदालतमा पेस भएका नरेश भट्टले आफू अंग्रेजीमा ‘फ्लुअन्ट’ नभएको बयान दिए। यसपछि अदालतले उनका लागि दोभाषे नियुक्त गरिदिएको छ। दोषासेले अंग्रेजीमा सोधिएका प्रश्नलाई नेपालीमा उल्था गरी नरेशलाई सुनाउने र नरेशले नेपालीमा दिएको प्रतिक्रिया अंग्रेजीमा उल्था गरिदिएका थिए।

नरेशमाथि हत्या मुद्दाको अभियोजन गरिरहेकी सामीले नरेशमाथि थप आरोप लाग्ने बताएकी छन्।

पहिलो कुरा त नरेशले आफ्नी श्रीमतीको अवस्थाबारे आफैँले दिएको बयानसँग नमिल्ने कुराहरू भनिरहेका थिए। उनले ममता फर्केर आउन सक्ने भन्दै झुक्याउन खोजेको अभियोजक सामीको भनाइ छ।

जुलाई ३० सम्म नेपालमा रहेकी आमासँग फोन सम्पर्कमा रहेकी ममता जुलाई ३१ देखि बेपत्ता भएकी हुन्। ममताका भाइका अनुसार उनले हरेक दिन बिहान र बेलुका आमालाई फोन गर्ने गर्थिन्।

उता ममता ड्युटीमा पनि जान छोडेपछि साथीहरूले खोजी गरेका थिए। दुई सिफ्टको काममा पनि ममता हाजिर नभएपछि अगस्ट १ मा विर्थलगायतका सहकर्मीहरूले प्रहरीलाई सम्पर्क गरेका थिए।

साथीहरूले रिपोर्ट गरेपछि मानसास पार्कका प्रहरी अधिकारी भोलिपल्टै नरेश र ममता बस्दै आएको घरमा पुगेको थियो। तर नरेशले ममता हराएको स्वीकार गरेनन्। प्रहरीले रिपोर्ट गर्न अनुरोध गरेको भएपनि ममता फर्केर आउने भन्दै प्रहरीमा रिपोर्ट टिपाउन अस्वीकार गरेका थिए। तर अगस्ट ५ मा आइपुग्दा भने भट्टले आफ्नी श्रीमती ममता हराएको भन्दै प्रहरीमा खबर गरे।

ममताको अवस्था बुझ्न गएका प्रहरीलाई सुरुमा नरेशले ममता टेक्सास वा न्युयोर्कमा साथीहरूलाई भेट्न गएको बताएका थिए। तर, अभियोजक भने उनका कुरामा विश्वस्त थिएनन्।

‘ममताले लगातार सामाजिक सञ्जालमा पोस्ट गरिरहन्थिन्। उनी टिकटक भिडियो बनाउन शौखिन थिइन्। उनका पोस्टहरू पनि आइरहेका थिएनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा त उनले भर्खरै १ वर्ष पुगेकी छोरीलाई छोडेर गएकी थिइन्,’ एक अभियोजकले थपे, ‘यो देश (अमेरिका)मा उनको परिवारका कोही पनि छैनन् भन्ने कुरा नोट गर्नु महत्त्वपूर्ण छ।’

बुधबार पुलिस जब ममता-नरेश बस्दै आएको घर पुग्यो, घर पूरै अस्तव्यस्त थियो। सुटकेसहरू प्याक गरिएको थियो, मास्टर बेडरूम र बाथरूममा रगत छिट्टाहरू थिए,’ सामीले भनिन्। नरेश भट्टले तीनवटा चक्कु किनेका थिए। थप दुई चक्कु चाहिँ किन किनेका थिए भन्ने कुरामा अनुसन्धानकर्ताहरू गहिराइसम्म पुगिसकेका छैनन्। नरेशले भाग्ने प्रयास गर्न खोजेको भने देखिएको अनुसन्धान अधिकारीहरूको विश्वास छ। ‘यो प्रतिवादी भाग्ने जोखिम थियो,’ उनले भनिन्।

ममता बेपत्ता भएको भनिएको समयमा नरेश बेरोजगार थिए। यी जोडीले २०२० मा विवाह गरेका थिए। एक वर्षपछि ममता अमेरिका गएकी थिइन्। फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार नरेश भट्ट सन् २०२० जुनमा पुलिसमा भर्ना भएका थिए। तर २२ दिनमै उनी बर्खास्तीमा परेका थिए। सोही वर्ष अक्टोबरमा फेरि उनी भर्ती भएका थिए। तर आवश्यकताहरू पूरा गर्न असफल भएपछि १६ नोभेम्बर २०२० मा बर्खास्तीमा परेका थिए।

ममताकी आमालाई हालै नेपालबाट संयुक्त राज्य अमेरिका जानको लागि आपत्कालीन भिसा दिइएको छ।

भर्खरै एक वर्ष पुगेकी नरेश-ममताकी छोरीलाई सामाजिक सेवा विभागको हेरचाहमा राखिएको छ।

‘हामी सबै स्तब्ध छौं,’ ममताकी साथी विर्थले भनिन्।

प्रकाशित: २०८१ भदौ ८ गते शनिवार ०९:५४
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना