२०८३ कार्तिक १३ गते बिहिबार

अब फर्कने छैनन् अमेरिकामा बेपत्ता नर्स ममता, पतिले नै गरेका थिए हत्या

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ८
mamata
पक्राउ परेका ममताका पति नरेश (रातो घेरामा) र इन्सेटमा ममता।

काठमाडौँ- तीन सातादेखि अमेरिकामा हराइरहेकी ममता काफ्ले जीवितै फर्कने सम्भावना सकिएको छ। ममताका पति नरेश भट्टले नै हत्या गरी शव लुकाएको अमेरिकी प्रहरीले गरेको अनुसन्धानले खुलाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ।

साउन १५ गते (जुलाई ३०) मा पति नरेशले घरमै ममताको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ। घरकै मुख्य बेडरुममा हत्या गरी शव लुकाएको देखिन आएको प्रहरीले त्यहाँको अदालतमा बुझाएको कागजपत्रमा उल्लेख छ।

बिहीबार अमेरिकाको मनाससस्थित प्रहरीले नरेशलाई शव लुकाएको आरोपमा पक्राउ गरेको थियो। पक्राउपछि प्रहरीले शुक्रबार बिहान भट्टलाई अदालतमा पेस गरेको थियो। प्रिन्स विलियम काउन्टी जुभेनाइल एन्ड डोमेस्टिक रिलेसन कोर्ट (स्थानीय अदालत)मा शुक्रबार बिहान ८:३१ बजे नरेशलाई पेस गरिएको हो।

कोर्टमा यो घटनाका विषयमा अर्को सुनुवाइ भने कात्तिक ८ (अक्टोबर २४) मा हुने बताइएको छ। अनुसन्धानका क्रममा ममताको हत्यासँग जोडिएका पर्याप्त डिजिटल र फोरेन्सिक प्रमाण बरामद भएको प्रहरीको दाबी छ।

मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले पत्रकार सम्मेलन गर्दै पति भट्टले अनुसन्धानमा समन्वय नगरेको बताएका थिए। बुधबार बेलुकीदेखि नै भट्टको घरलाई घेराबन्दी गरी प्रहरीले १२ घण्टा खानतलासी गरेको थियो। सोही प्रहरीले बिहीबार नरेशलाई पक्राउ गरेको थियो।

घरभित्रै ममताको हत्या गरी घिसारेर घरबाट निकालिएको प्रमाण भेटिएको प्रहरीले अदालतमा पेस गरेको अभियोजनपत्रमा उल्लेख छ।

ममता गत साउन १६ (जुलाई ३१) देखि हराएकी हुन्। अगस्ट २ मा पनि उनले काम गर्दै आएको स्थान यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले ममताको अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए।

घरभित्रै ममताको हत्या गरी घिसारेर घरबाट निकालिएको प्रमाण भेटिएको प्रहरीले अदालतमा पेस गरेको अभियोजनपत्रमा उल्लेख छ।

ममता जुलाई २८ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएकी थिइन्। यसअघि प्रहरीसँग भट्टले जुलाई ३१ मा श्रीमती ममतालाई अन्तिम पटक देखेको बयान प्रहरीमा दिएका थिए।

भट्टले प्रहरीलाई दिएको बयानमा कुरा बाझिएपछि उनीमाथि थप आशंका उत्पन्न भएको थियो।

प्रिन्स विलियम काउन्टीका एक अभियोजकका अनुसार नरेशले श्रीमतीको हत्या गरेको स्थानबाट सर्ने तयारी गरिरहेका थिए। यसका लागि उनले आफ्नो टेस्ला गाडी पनि बेचिसकेका थिए। घरमा भएका सुटकेस प्याक गरेका थिए। आफैँ हत्या गरेकी श्रीमती ममता बेपत्ता भएको भन्दै आफ्नो घर बेच्ने विषयमा पनि अरूसँग कुरा गरेका थिए। अधिकारीहरूका अनुसार यी काम उनले पुलिसबाट भाग्ने प्रयासका लागि गरेका हुन्।

३७ वर्षीय नरेश भट्टले नै हत्या गरी शव लुकाएको निष्कर्षमा पुग्नुअघि प्रहरीले प्रमाण संकलन गरेको थियो। प्रिन्स विलियम काउन्टीका अभियोजक सारा सामीका अनुसार प्रहरी अनुसन्धानमा ममताको घरमा नै रगतको टाटा फेला परेका थिए। तर बेपत्ता ममताको शव फेला परेको छैन।

जुलाई ३० मा ममताले पछिल्लो पटक काभ्रेमा रहेका आफ्ना आमाबाबुसँग सम्पर्क गरेकी थिइन्। प्रहरीका अनुसार त्यही दिन नरेशले चक्कु किनेर ल्याएका थिए। अनुसन्धान र अभियोजनमा संलग्न अमेरिकी अधिकारी सामीले भनिन्, ‘लाइसोल र फेब्रेज किन्नका लागि नरेश लाउडौन काउन्टी वालमार्ट पनि पुगेका थिए।’ अपराध प्रमाण (रगतका टाटा)मेटाउन नरेशले यी सामग्री किनेको हुन सक्ने अधिकारीहरुको आशंका छ।

युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा ममताका सहकर्मी होली विर्थसहितले ममताको अवस्था खोजी गरिदिन प्रहरीमा दबाब दिएका थिए। उनीहरूकै दबाब स्वरूप अनुसन्धानमा खटिएको प्रहरीले ममताको हत्या २५ दिनअघि नै भएको कुरा शुक्रबार मात्र पत्ता लगायो।

ममता बेपत्ता भएपछि खोज्नका लागि दबाब दिन मनसास प्रहरी‍अघि धर्ना दिइँदै। तस्बिर : इम्मा उबर/द वासिङ्टन पोस्ट

‘हामीले सुनेको कुरा हामीले सोचेको भन्दा खराब छ,’ ममताकी साथी विर्थले पत्रकारहरूसँग भनेकी छन्, ‘मास्टर बेडरूम र मास्टर बाथरूममा भएको हुन सक्ने अपराधको दृश्य त्यस्तोसम्म बन्यो होला भन्ने विश्वासै गर्न सकिरहेको छैन।’

शुक्रबार अदालतमा पेस भएका नरेश भट्टले आफू अंग्रेजीमा ‘फ्लुअन्ट’ नभएको बयान दिए। यसपछि अदालतले उनका लागि दोभाषे नियुक्त गरिदिएको छ। दोषासेले अंग्रेजीमा सोधिएका प्रश्नलाई नेपालीमा उल्था गरी नरेशलाई सुनाउने र नरेशले नेपालीमा दिएको प्रतिक्रिया अंग्रेजीमा उल्था गरिदिएका थिए।

नरेशमाथि हत्या मुद्दाको अभियोजन गरिरहेकी सामीले नरेशमाथि थप आरोप लाग्ने बताएकी छन्।

पहिलो कुरा त नरेशले आफ्नी श्रीमतीको अवस्थाबारे आफैँले दिएको बयानसँग नमिल्ने कुराहरू भनिरहेका थिए। उनले ममता फर्केर आउन सक्ने भन्दै झुक्याउन खोजेको अभियोजक सामीको भनाइ छ।

जुलाई ३० सम्म नेपालमा रहेकी आमासँग फोन सम्पर्कमा रहेकी ममता जुलाई ३१ देखि बेपत्ता भएकी हुन्। ममताका भाइका अनुसार उनले हरेक दिन बिहान र बेलुका आमालाई फोन गर्ने गर्थिन्।

उता ममता ड्युटीमा पनि जान छोडेपछि साथीहरूले खोजी गरेका थिए। दुई सिफ्टको काममा पनि ममता हाजिर नभएपछि अगस्ट १ मा विर्थलगायतका सहकर्मीहरूले प्रहरीलाई सम्पर्क गरेका थिए।

साथीहरूले रिपोर्ट गरेपछि मानसास पार्कका प्रहरी अधिकारी भोलिपल्टै नरेश र ममता बस्दै आएको घरमा पुगेको थियो। तर नरेशले ममता हराएको स्वीकार गरेनन्। प्रहरीले रिपोर्ट गर्न अनुरोध गरेको भएपनि ममता फर्केर आउने भन्दै प्रहरीमा रिपोर्ट टिपाउन अस्वीकार गरेका थिए। तर अगस्ट ५ मा आइपुग्दा भने भट्टले आफ्नी श्रीमती ममता हराएको भन्दै प्रहरीमा खबर गरे।

ममताको अवस्था बुझ्न गएका प्रहरीलाई सुरुमा नरेशले ममता टेक्सास वा न्युयोर्कमा साथीहरूलाई भेट्न गएको बताएका थिए। तर, अभियोजक भने उनका कुरामा विश्वस्त थिएनन्।

‘ममताले लगातार सामाजिक सञ्जालमा पोस्ट गरिरहन्थिन्। उनी टिकटक भिडियो बनाउन शौखिन थिइन्। उनका पोस्टहरू पनि आइरहेका थिएनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा त उनले भर्खरै १ वर्ष पुगेकी छोरीलाई छोडेर गएकी थिइन्,’ एक अभियोजकले थपे, ‘यो देश (अमेरिका)मा उनको परिवारका कोही पनि छैनन् भन्ने कुरा नोट गर्नु महत्त्वपूर्ण छ।’

बुधबार पुलिस जब ममता-नरेश बस्दै आएको घर पुग्यो, घर पूरै अस्तव्यस्त थियो। सुटकेसहरू प्याक गरिएको थियो, मास्टर बेडरूम र बाथरूममा रगत छिट्टाहरू थिए,’ सामीले भनिन्। नरेश भट्टले तीनवटा चक्कु किनेका थिए। थप दुई चक्कु चाहिँ किन किनेका थिए भन्ने कुरामा अनुसन्धानकर्ताहरू गहिराइसम्म पुगिसकेका छैनन्। नरेशले भाग्ने प्रयास गर्न खोजेको भने देखिएको अनुसन्धान अधिकारीहरूको विश्वास छ। ‘यो प्रतिवादी भाग्ने जोखिम थियो,’ उनले भनिन्।

ममता बेपत्ता भएको भनिएको समयमा नरेश बेरोजगार थिए। यी जोडीले २०२० मा विवाह गरेका थिए। एक वर्षपछि ममता अमेरिका गएकी थिइन्। फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार नरेश भट्ट सन् २०२० जुनमा पुलिसमा भर्ना भएका थिए। तर २२ दिनमै उनी बर्खास्तीमा परेका थिए। सोही वर्ष अक्टोबरमा फेरि उनी भर्ती भएका थिए। तर आवश्यकताहरू पूरा गर्न असफल भएपछि १६ नोभेम्बर २०२० मा बर्खास्तीमा परेका थिए।

ममताकी आमालाई हालै नेपालबाट संयुक्त राज्य अमेरिका जानको लागि आपत्कालीन भिसा दिइएको छ।

भर्खरै एक वर्ष पुगेकी नरेश-ममताकी छोरीलाई सामाजिक सेवा विभागको हेरचाहमा राखिएको छ।

‘हामी सबै स्तब्ध छौं,’ ममताकी साथी विर्थले भनिन्।

प्रकाशित: २०८१ भदौ ८ गते शनिवार ०९:५४
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना