सिन्धुली- सुनकोशी नदीमा गाडी खसेर बेपत्ता भएको छ।
शनिबार साँझ पौने ६ बजेतिर सिन्धुली, गोलान्जोर गाउँपालिका- १ मध्य पहाडी लोकमार्गस्थित कुडेलेबाट गाडी नदीमा खसेको हो।
पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको गाडी नदीमा खोसेको हो। गाडीको नम्बर खुलेको छैन।
डबल क्याप बलेरो गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरी बलका डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
प्रहरीका अनुसार उक्त गाडीमा ४ जना सवारमध्ये १ जना रोडमा हामफाल्दा सामान्य घाइते भएका छन्।
भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय चालक अबिन बाके, सोही ठाउँका ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन्।
सुशान्त कक्षपति घाइते भएका छन्। उनलाई खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य छ।
सुशान्तले फोन गरेर ‘गाडी सुनकोशीमा बग्यो, म मात्रै बाचेँ…’ भनेको भिडियो सार्वजनिक भएको छ।
अहिले गोताखोरले खोजी सुरू गरेको प्रहरीले जनाएको छ।
