काठमाडौँ– रामेछापको शैलुङ्ग गाउँपालिका–३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ।
पहिरोले ३ घर बगाउँदा केही व्यक्ति बेपत्ता भएका छन्। बिहान साढे ३ बजे आएको पहिरोले घर बाटो तथा पुल भत्काएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए।
घटनाको थप विवरण आउन बाँकी छ।


