चितवन– मुग्लिङ-नारायणगढ सडक खण्डको घुमाउनेमा बस दुर्घटना भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।
बस सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि भरतपुर पुर्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।


