काठमाडौँ- एक किलो ८८ ग्राम कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा आइभरिकोस्टका ३५ वर्षीय बारामा कोन छन्।
लागु औषध नियन्त्रण ब्यूरोको टोलीले भदौ ३ गते उनलाई काठमाडौँ ठमेलस्थित एक होटलबाट पक्राउ गरेको हो।
ब्युरोका डीएसपी प्रेमबहादुर शाहीका अनुसार बारामा इथियोपियाबाट कतारको दोहा हुँदै काठमाडौँसम्म आएका हुन्।
इथियोपियामा कोकिन निलेपछि उनी काठमाडौँका लागि निस्किएका थिए।
काठमाडौँ आएपछि मलद्वारबाट निकाले।
मलद्वारबाट निस्किएको कोकिन बच्चाको खेलौनामा राखेर लुकाए।
खेलौनामा राखेको अवस्थामा कोकिन बरामद भएको हो।
बरामद कोकिनको बजार मूल्य झन्डै ४ करोड पर्ने बताइएको छ।


