काठमाडौँ– मुग्लिन–आँबुखैरेनी सडकखण्ड साढे तीन घण्टाका लागि बन्द गरिएको छ।
मर्स्याङ्दी नदीमा खसेको भारतीय नम्बरको बस निकाल्नका लागि बिहान ६ बजेदेखि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।
गत भदौ ६ गते भारतीय पर्यटकहरू चढेको उक्त बस आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा बाट नदीमा खसेको थियो।
दुर्घटनामा २७ भारतीयको मृत्यु भएको थियो भने ६ जना घाइते थिए।


