दक्षिण कोरियाको फुटबल संघले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकलाई दिने तलब बराबरको सहयोग गर्ने भएको छ। रुवान्डाको किगालीमा भएको ७३औँफिफा कंग्रेसमा सहभागी अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रतिनिधिले कोरियाको फुटबल संघसँग मुख्य प्रशिक्षकलाई दिने तलब रकम बराबरको सहयोग गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।
‘अखिल नेपाल फुटबल संघ (एन्फा) र कोरिया फुटबल संघ (केएफए)बीच राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षकको पारिश्रमिक खर्च गर्न एन्फालाई आर्थिक सहयोग गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ,’ एन्फाले सूचनामा लेखेको छ, ‘एन्फाका महासचिव किरण राई र केएफएका महासचिव हान्जिन चुनले सम्झौतामा हस्ताक्षर गरेका हुन्।’
सम्झौता अनुसार केएफएले राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको तलब खर्च गर्न एन्फालाई आर्थिक सहयोग उपलब्ध गराउनेछ।
गत मार्च १ मा एन्फाको चौथो पूर्व बैठकले अनेसेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनलाई मार्च १४ मा दशरथ रंगशालामा औपचारिक रूपमा साक्षात्कार गरिएको थियो।
दशरथ रंगशालामा मार्च २२ देखि ३१ सम्म भुटान र लाओससहित प्राईम मिनिस्टर कप थ्री नेसन्स कप खेल्दा एन्नेसले नेपालको नेतृत्व गर्नेछन्। उनले आफू मोटिभेटर प्रशिक्षक भएको बताउँदै आएका छन् भने अट्याकिङ फुटबल खेल्ने बताएका छन्।
