खोटाङ– हलेसीमा सिँचाइपोखरीमा डुबेर दाजुबहिनीको मृत्यु भएको छ।
तुवाचुङ नगरपालिका–३ च्याम्टिारस्थित बाङमाका गइन्द्र राईको ६ वर्षीय छोरा सङ्गम र ३ वर्षीया छोरी समृद्धिको पोखरीमा डुबेर मृत्यु भएको हो वडाध्यक्ष भूपालसिंह राईले जानकारी दिए।
उनीहरूको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ।


