काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले तार व्यवस्थापनका लागि १३ वटा रूट तय गरेको छ। असरल्ल तारले सहरी सौन्दर्य बिगारेको र दुर्घटनाको जोखिम बढाएको भन्दै काठमाडौँ महानगरले तार काट्ने तयारी गरेपछि प्राधिकरणले व्यवस्थापनका लागि रुट तय गरेको हो।
तार व्यवस्थापन कार्यमा सबै इन्टरनेट सेवा प्रदायकलाई अनिवार्य रूपमा सहभागी हुन प्राधिकरणले सूचित गरेको छ। काठमाडौं महानगरले सोमबारदेखि महानगरपालिकाभित्र रहेको पोलका अनावश्यक तार काट्न थालेको छ। महानगरले आज विभिन्न संस्थाहरुसँग बैठक गरी आनावश्यक तार काट्ने सहमति भएको महानगरपालिकाले जानकारी दिएको छ।
महानगरले गएको वैसाख ११ गते पोलमा अनावश्यक रहेको तारहरु हटाउनको लागि इन्टरनेट व्यवसायिलाई १५ दिने सूचना जारी गरेको थियो।
तार व्यवस्थापन रुट
