काठमाडौँ- अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डे गोली लागेको अवस्थामा मृत भेटिएकी छिन्। सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा पाण्डे अपार्टमेन्टमा मृत भेटिएकी हुन्।
ह्युस्टन प्रहरीले विज्ञप्ति मुनाको शव अपार्टमेन्टभित्रै धेरै वटा गोली लागेको अवस्थामा भेटिएको जानकारी दिएको छ।
मुनाको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनासँग सम्बन्धित कसैलाई पक्राउ गरिएको छैन।
घटनास्थलमा कुनै हतियार नभेटिएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
नेपालको भोजपुर ठेगाना भएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन्। ३ वर्ष अगाडि सन् २०२१ मा उनी अमेरिका आएकी थिइन्। काठमाडौँमा रहँदै आएकी मुनाकी आमालाई प्रहरीले खबर गरिसकेको छ।


