कैलाली- कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका-२ की ६२ वर्षीया भागा भट्टको मृत्यु भएको हो।
भागा आफ्नै घरमा पानी तान्ने मोटरबाट अचानक करेन्ट लागी घाइते भएकी थिइन्।
उनलाई उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको थियो।
उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए।


