काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रका विषयलाई संकेत गर्दै अब अति भएकाे टिप्पणी गरेका छन्। आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै थापाले यस्ताे बताएका हुन्।
यसअघि नै आफूलाई कतिपय विषय चित्त नबुझे पनि पार्टीको जिम्मेवारीका कारण मौन रहनु परेको उल्लेख गरेका छन्। ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ,’ गगनले लेखेका छन्, त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो!’
आइतबार नै कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा शेखर कोइराला निकट सांसद सुरेन्द्र आचार्य मन्त्री बनेका थिए। यही विषयमा थापाले असन्तुष्टि राखेको आकलन गरिएको छ। गगनले प्रदीप पाैडेललाई मन्त्री बनाउन दबाब दिँदै आएका थिए। प्रदीपको विकल्पमा जीवन परियार वा बद्रि पाण्डेलाई मन्त्री बनाउन पर्ने उनको भनाइ थियो। तर मन्त्री पदमा नियुक्ति लिएर आचार्यले कार्यभार सम्हालेपछि थापाले अब अति भएको उल्लेख गरेका हुन्।
कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई…
— Gagan Thapa (@thapagk) May 7, 2023
