काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारण बदली रहेको छ।
गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो भने देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ। ‘देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,’ महाशाखाको बुलेटिनमा उल्लेख छ।
राति पनि देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणत बदली रही बाँकी भू_भागमा आंशिक बदली देखि मुख्यतया सफा रहनेछ।
कोशी, बागमती, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


