काठमाडौँ– ओप्पोले नयाँ एआई फोन रेनो–१२ नेपाली बजारमा सार्वजनिक गरेको छ।
यो मोडल ओप्पोको लोकप्रिय रेनो श्रृंखलामा नयाँ अध्यायको रूपमा सार्वजनिक भएको छ। एआई फोनको परिकल्पनालाई तीव्र बनाउन ओप्पोको लागि पहिलो र महत्वपूर्ण फिचर सार्वजनिक भएको हो।
रेनो१२ मा फ्युचरिस्टिक फ्लुइड डिजाइन र उच्च–शक्ति एलोय फ्रेमवर्क जस्ता विशेषताहरू छन्। जसमा नयाँ आकर्षक लुक सिर्जना गर्दा रेनो श्रृंखलामा सबैभन्दा मजबुत डिजाइन समावेश छन्। यही डिजाइनका कारण मोबाइल झर्दा र पानीबाट समेत सुरक्षित राख्दछ।
दुई मोडलहरुमा ४एमएन मिडियाटेक डाइमेन्सिटी ७३००–एनर्जी मोबाइल प्लेटफर्म पनि छ। जसले विशेष पावर दक्षता प्रदान गर्छ।
रेनो१२मा अपडेट गरिएको एआई इरेजर पनि समावेश छ, यसको मद्दतले प्रयोगकर्ताहरूले अनावश्यक व्यक्तिहरू र वस्तुहरूको पहिचान गरी फोटोमा संयोगवश आएका अनिच्छित व्यक्तिहरूलाई सजिलैसँग हटाउन सक्छन्।
साथै, रेनो१२ मा ग्रुप फोटोहरूलाई अझ राम्रो बनाउन डिजाइन गरिएको दुई एआई सुविधाहरू पनि समावेश गरिएको छ।


