२०८३ साउन १३ गते बुधबार

सयौँ वर्षदेखि भोगचलन गरेको जग्गाको लालपुर्जा नपाएपछि…

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १४
jagga napjach
फाइल तस्बिर

अर्घाखाँची– शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन्।

विसं २०४० र २०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको अर्घाखाँचीमा भएको पुनःनापीबाट आफूहरूले पुर्जा पाउन नसकेको भन्दै सयौँ जनाले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई ज्ञापनपत्र बुझाएका छन्।

विसं २०५७ मा पाएको पहिलाको पुर्जा आफूहरूसँगै रहेको र सोही पुर्जाका आधारमा नगरपालिकामा तिरो तिर्दै आएको भए पनि पुर्जा पाउन नसकेपछि जग्गा भएर पनि सुकुम्बासीजस्तै भएको शीतगङ्गा–१२ खुम्चीकोटका स्थानीय देवेन्द्र पौडेलले बताए। उनले सयौँ वर्षदेखि चर्चेको पहिलाको जग्गाधनीपुर्जा देखाउँदा समेत पुर्जा पाउन नसकेको गुनासो गरे।

वडा कार्यालय, नगरपालिकाको कार्यालय, विशेष नापी कार्यालयलगायत कार्यालयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि आफूहरूको माग सुनुवाइ नभएपछि कपिलवस्तुको सिमानाबाट स्थानीय जनता हजारौँ रुपैयाँ खर्च गरेर प्रमुख जिल्ला अधिकारीसमक्ष पुगेका थिए। सहज तरिकाबाट पुर्जा पाउनुपर्ने नारा लगाउँदै उनीहरू जिल्ला प्रशासनमा पुगेका थिए।

शीतगङ्गा नगरपालिका–१२ को खुम्चीकोट, पिरापानी, खलेयाखर्क, दमारे, धौलेटाकुरा, दरबारे, टिकरी, जलुके, टर्रेलगायतका झण्डै एक सय ५० जनाले तिरो तिरेको रसिद र पुरानो जग्गाधनीपुर्जा देखाउँदा पनि नयाँ पुर्जा पाउन नसकेको पिरापानीका स्थानीय खगेश्वर गैरेले बताए।

केही व्यवसाय गर्नका लागि जग्गा बैंकमा धितो राख्नुपर्छ। पुरानो पुर्जाले हुँदैन, नयाँ पुर्जा पाउन सकिएन। जसले गर्दा केही व्यवसाय गर्न समस्या भएको स्थानीय देवीराम गैरेले गुनासो गरे। विशेष नापीको टोलीले जग्गा नापिसकेको भए पनि नयाँ पुर्जा पाउन नसकेको बताए। आफूहरूले भोगचलन गरेको जग्गाको साविककै पुर्जाअनुसार नयाँ पुर्जा सरकारले दिनुपर्ने स्थानीयको माग रहेको पिरापानीका राजेश गरैले बताए।

सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २०५९ र २०६१ सालमा गरेको सदरमुकाम आक्रमणमा जग्गासम्बन्धी सबै कागजात जलेर नष्ट भएका थिए। कागजात नष्ट भएको अर्घाखाँची जिल्लामा विशेष नापी कार्यालय स्थापना गरेर जग्गा नापजाँचको काम सुरु भएको थियो।

साविक २०४० सालमा एकसरो नापी भएको नक्सा र अहिले त्यस स्थानका स्थानीयले भोगचलन गरेको जग्गाको नक्सा नमिलेपछि पुर्जा दिन नसकेको विशेष नापी कार्यालयका प्रमुख डिल्लीराज भण्डारीले बताए। ‘स्थानीयले अहिले भोगचलन गरेको जग्गा छ, नापी पनि पुनः गरेका छौँ । तर २०४० सालको नापीको नक्सामा उहाँहरूको कित्ता देखिँदैन, जङ्गल देखिएकाले पुर्जा दिनसकेका छैनौँ,’ उनले भने।

जग्गा नापजाँच ऐन, २०१९ को दफा ६ को उपदफा ५ (घ) अनुसार साविकको नक्सा र अहिलेको नक्सा भिडाउनुपर्छ। साविकको नक्सा र अहिलेको नक्सा नभिडेपछि पुर्जा दिन नसकेको विशेष नापी कार्यालयका प्रमुख भण्डारीको भनाइ छ। यस्तो समस्याबारेमा विभाग र मन्त्रालयमा जानकारी पनि गराएको उनको भनाइ छ।

गाउँगाउँमा सिंहदरबार भनेर नारा लगाए पनि कपिलवस्तुको सिामानाबाट आफ्ना माग सम्बोधन हुने आशामा सिङ्गो गाउँ नै उठेर सदरमुकाम आएका थिए। आफूहरूको तवरबाट सक्दो प्रयास गर्ने र उनीहरूको माग सम्बोधनका लागि सम्बन्धित निकायलाई जानकारी गराउने सहायक प्रमुख जिल्ला अधिकारी पाध्यायको भनाइ छ। रासस

प्रकाशित: २०८१ भदौ १४ गते शुक्रबार ०६:५५
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना