काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम तय भएको छ।
‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमअन्तर्गत महिनाको एक दिन सार्वजनिक स्थलमा पुग्ने तय भएको हो।
राष्ट्रपति पौडेल आज बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
