काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ३० किलोमिटर आउजाउ गर्न दुई वटा हेलिकोप्टर प्रयोग गरेका छन्।
काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन उनी जाँदा एक हेलिकोप्टर र आउँदा अर्को हेलिकोप्टर प्रयोग गरेका हुन्।
शुक्रबार दिउँसो प्रधानमन्त्री ओली काभ्रेको धुलिखेल पुगेका थिए।
ओली गएको हेलिकप्टरमा प्राविधिक समस्या देखिएपछि फर्कँदा अर्कै हेलिकोप्टर प्रयोग गरेको सेनाले जानकारी दिएको छ।
प्रधानमन्त्री ओली काभ्रे जाँदा सेनाको एनए-०६७ हेलिकोप्टर प्रयोग गरेका थिए। फर्कँदा सेनाकै एमआई-१७ हेलिकप्टर प्रयोग गरेका हुन्।
काठमाडौंबाट धुलिखेल जाने सडक विस्तारको क्रममा छ। सडकमा खाल्डा परेकाले प्रधानमन्त्रीले आउजाउ गर्न दुई हेलिकोप्टर प्रयोग गरेका हुन्।


