काठमाडौँ– चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किँदा ट्रकका चालक र सहचालक घाइते भएका छन्।
आज बिहान ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको आएसर ट्रक आपसमा ठोक्किएको मुग्लिन प्रहरी प्रमुख इन्स्पेक्टर निरला भण्डारीले बताइन्।
दुर्घटनामा घाइते ट्रक चालक र सहचालक भरतपुरमा उपचाररत् छन्। बसका यात्रु भने सबै सकुशल रहेको इन्स्पेक्टर भण्डारे जानकारी दिइन्।


