काठमाडौँ- सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसदसमेत रहेकी एसिड पीडित बिन्दबासिनी कंसाकारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको छ। भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अुनसार फैसला बमोजिम क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय भएको हो।
प्रतिवादीबाट असुल गरी पीडित राहत कोषमा शोधभर्नाको व्यवस्था मिलाउने निर्णय गरिएको उनले बताए।
मकवानपुर जिल्ला अदालतले कंसाकारलाई क्षतिपूर्ति उपलब्ध गराएका आदेश दिएको छ।
हेटौँडाकी बिन्दबासिनी २०७० सालमा उनी प्लस टु पढ्दै गर्दा तेजाब आक्रमणमा परेकी थिइन्।
भारतीय नागरिक कमलराज केंसारले तेजाब आक्रमण गरेका थिए।
तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठ कारबाहीमा परेपछि कंसाकार संसद प्रवेश गरेकी हुन्।


