काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले ५ वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गरिदिएको छ।
भदौ १३ मा बसेको मन्त्रिपरिषद् बैठकले किस्ताबन्दीमा लाइसेन्स नवीरकण शुल्क भुक्तानी गर्ने सुविधा दिएपछि प्राधिकरणले नवीकरण गरिदिएको हो।
लाइसेन्स नवीकरणका लागि २० अर्ब रुपैयाँ लाग्ने भएपनि ५ अर्ब लिएर प्राधिकरणले नवीकरण दिएको हो। यसअघि प्राधिकरणले एकैपटक २० अर्ब भुक्तानी गर्नुपर्ने भन्दै लाइसेन्स नवीकरण गरिदिएको थिए।
अब एनसेलले प्रत्येक ५ वर्षमा ५ अर्ब बुझाएर लाइसेन्स नवीकरण गराउन पाउने भएको छ। तर उसले वार्षिक १० प्रतिशतका दरले ब्याज पनि भुक्तानी गर्नुपर्ने भएको छ।
दूरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेलका अनुसार एनसेलले नवीकरण दस्तुर बापत प्रत्येक पाँच वर्षमा २० अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ।


