२०८३ कार्तिक १३ गते बिहिबार

भारतले बनायो हिमनदी बाढीबारे पूर्वजानकारी दिने प्रणाली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १९
thame_flood
हिमनदी फुटेर नेपालको थामेमा आएको बाढी।

नयाँदिल्ली- फुट्ने जोखिम भएका करिब दुई सय हिमतालमा उच्चप्रविधियुक्त पूर्वजानकारी दिने प्रणाली भारतले बनाएको छ।

जलवायु परिवर्तनका कारण हिमतालहरू फुट्ने घातक खतरा भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो प्रणाली विकास गरिएको र यसको परीक्षण भइरहेको भारतीय अधिकारीहरूले जानकारी दिएका छन्।

भारतका हिमालयमा कम्तीमा ७ हजार ५ सय हिमताल छन्। तीमध्ये धेरै हिमनदीले खतरनाक बाढीको जोखिम निम्त्याउन सक्ने सम्भावना छ।

भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) को टोलीहरूले तीन वर्षको मिसनमा सबैभन्दा खतरनाक मानिने एक सय ९० उच्च उचाइका तालहरूलाई लक्षित गरिरहेका छन्।

मिसनलाई निर्देशन गर्ने एनडिएमएका वरिष्ठ अधिकारी सफी अहसान रिजवीले भने, ‘हामीले पहिला नै जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण प्रगति गरेका छौँ।’

ग्लेसियर लेक आउटबर्स्ट फ्लड (जिएलओएफ) पहिलेको ग्लेसियर आधारमा जम्मा भएको पानीको अचानक ‘रिलिज’ हो। यो मानव–जनित जलवायु परिवर्तनको न्यानो तापक्रमका कारण स्वाभाविक रूपमा हुने घटना हो।

भारतको सिक्किममा ६ वटा उच्च जोखिमयुक्त ताल वरपर प्रारम्भिक चेतावनी प्रणाली स्थापनाको काम गरिरहेको छ। यहाँ सन् २०२३ मा हिमताल फुटेर आएको बाढीबाट कम्तीमा ७७ जनाको मृत्यु भएको थियो।

‘हामीले अहिलेसम्म २० वटा तालमा यो प्रणाली बनाइसकेका छौँ र अबको केही समयमा नै यो संख्या बढेर ४० वटा पुग्नेछ,’ रिजवीले भने। परियोजनाले तालहरूमा जम्मा भएको पानी र आंशिक रूपमा पग्लिएको बरफलाई ‘तालको स्तर घटाउनमा’ पनि समावेश गर्नेछ।

टोलीमा सेना र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनलगायत धेरै सरकारी एजेन्सीका विशेषज्ञ, भूगर्भविद्, जलवैज्ञानिक, कम्प्युटर इन्जिनियर र मौसम विशेषज्ञ संलग्न छन्।

विनाशकारी प्रभाव
मिसनले भारतमा हिमाली क्षेत्रहरू, उत्तरमा काश्मिर र लद्दाखदेखि उत्तरपूर्वमा अरुणाचल प्रदेशसम्म, चीनको सीमासँग जोडिएका धेरै क्षेत्रलाई समेट्नेछ।

जलवायु परिवर्तनले हिमनदीहरू लोप गराउँदैछ। तापक्रमलाई पूर्व–औद्योगिक स्तरभन्दा एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्न सकिए पनि यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीका दुई लाख १५ हजार हिमनदीमध्ये आधा पग्लिने अनुमान गरिएको छ।

उपग्रह तथ्याङ्कमा आधारित सन् २०२० को अध्ययनअनुसार ३० वर्षमा हिमतालहरूको मात्रामा ५० प्रतिशतले वृद्धि भएको छ।

नेचर कम्युनिकेसन्समा प्रकाशित एक अध्ययनमा एक करोड ५० लाख मानिस हिमतालको ५० किलोमिटरभित्र र दरारबाट सम्भावित बाढीको एक किलोमिटरभित्र बस्ने गरेको उल्लेख छ।

भारत, पाकिस्तान, चीन र नेपालसहित १२ मुलुकमा ‘हाइ माउन्टेन एसिया’ क्षेत्रमा खतरा सबैभन्दा धेरै थियो। विश्वका अन्य क्षेत्रको तुलनामा चेतावनीको समय अझ छोटो बनाउँदै यस क्षेत्रमा धेरै मानिस हिमतालनजिकै बस्छन्।

गत महिना नेपालको सगरमाथा क्षेत्रमा एउटा हिमताल फुट्दा थामे गाउँमा बाढी आएको थियो। बासिन्दाहरूलाई पूर्वसूचना जारी गरिएकाले कुनै हताहत भएन।

नेपालमा पनि थुप्रै हिमताल रहेको र जलवायु परिवर्तनका कारण ती हिमताल फुट्ने सम्भावना छ। भारतले विकास गरेको प्रणाली नेपालका लागि पनि उपयुक्त हुने देखिन्छ।

प्रकाशित: २०८१ भदौ १९ गते बुधबार ०९:२४
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना