काठमाडौँ- रुसका लागि प्रस्तावित नेपाली राजदूत जंगबहादुर चौहानले रुसी सेनामा रहेका नेपालीहरुलाई फर्काउन पहल गर्ने बताएका छन्।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा चौहानले यस्तो बताएका हुन्।
रुसी सेनामा भर्ना भएकाहरुलाई नेपाल फर्काउनु सरकारको जिम्मेवारी भएको उनको भनाइ छ।
आफू राजदूत भएर गएमा तीव्रताका साथ नेपालीलाई फर्काउने उनले बताए।
आफूलाई रुसी भाषाको ज्ञान भएकाले पनि रुसमा कूटनीतिक सम्बन्ध अझ बलियो बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।


