काठमाडौँ– अमेरिकामा श्रीमतीको हत्या गरेर लास बेपत्ता गरेको आरोप लागेका श्रीमान् नरेश भट्ट आज अदालत हाजिर हुने भएका छन्।
पूर्व अमेरिकी सैनिक भट्टले नर्स समेत रहेकी पत्नी ममता काफ्लेलाई हत्या गरेर लासै बेपत्ता गरेका थिए।
अमेरिकी समय अनुसार बिहीबार बिहान १० बजे भट्ट अदालत हाजिर हुनेछन्।
यसअगाडि भट्टका वकिलले धरौटी तिरेर तारिखमा धाएर मुद्दा लड्ने माग गर्दा अदालतले अस्वीकार भएको थियो।


