काठमाडौँ- बिरामीलाई अनावश्यक रिफर गरे बिमाबापतको रकम भुक्तानी नगर्ने चेतावनी दिएको छ।
बोर्डले बुधबार सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई पत्रचार गर्दै यस्तो चेतावनी दिएको हो।
अस्पताल तथा चिकित्सकले संस्थामा सेवा प्रर्याप्त हुँदा पनि अनावश्यक रेफर गरेको गुनासो आएपछि बोर्डले यस्तो कदम उठाएको हो।
रेफर गनुपर्ने भएमा अनिवार्य रुपमा कारण खुलाउनसमेत बोर्डको निर्देशन छ।
‘चिकित्सक सेवाको आचरणविपरीत अनावश्यक रुपमा रेफर गरेको पाइएको छ। अब उप्रान्त आफ्नो संस्थामा भइरहेको सेवालाई ख्याल नगरी अन्तै कतै रेफर गर्न पाइने छैन,’ बोर्डले पत्रचार गर्दै भनेको छ, ‘ रेफर गर्नु परेमा अनिवार्य कारण खुलाउन पर्ने छ।’
अनावश्यक रेफर गरेको पाइएमा दाबी मूल्यांकन तथा रुजु गर्दा रकम शोधभर्ना नगर्ने बोर्डले चेतावनी दिएको छ।


