ताप्लेजुङ- ताप्लेजुङको फुङलिङ नगरपालिकाले नगरपालिका भित्र यातायातका सवारी साधन तथा शैक्षिक संस्थाहरुमा बन्द हड्ताल गर्न गराउन नपाउने निर्णय गरेको छ।
नगर कार्यपालिकाको बैठकले गरेको उक्त निर्णय कार्यान्वयनको सहयोगका लागि लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिसकिएको नगरप्रमुख अमिर मादेनले जानकारी दिए।
नेपालीहरुका चाडपर्व तथा पाथीभरा आउने तीर्थयात्रीको व्यवस्थापनमा सहजताका लागि उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
उता मुक्कुम्लुङ छोड आन्दोलन घोषणा गरेको पक्षले भने भदौ २४ गतेदेखि केवलकार निर्माणको लाइसेन्स खारेज नभए सम्मका लागि भन्दै फुङलिङ देखि काफ्लेपाटीसम्म यातायात बन्दको घोषणा गरेका छन्।


