काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का फर्तबाट विन्दाबासिनी कंसाकार सांसद बनेकी छन्। रास्वपाले ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेर कंसाकारलाई सांसद् बनाएको हो। श्रेष्ठलाई कारबाही गरेपछि रास्वपाले कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र दिएको थियो ।
आयोगले अघिल्लो साता नै विन्दाबासिनी कंसाकार सांसद हुने निर्णय गरेको थियो। उनले आइतबार सांसद भएको प्रमाणपत्र समेत लिइसकेकी छन् ।


