२०८३ कार्तिक ११ गते मङ्गलबार

चारै सन्तान डाक्टर बन्ने भएपछि राकी भन्छन्- छोराछोरीले गोविन्द केसीका पाइला पछ्याइदिउन्

 |  हिमाल लम्साल
Sanket

हिमाल लम्साल

वीरगञ्ज, भदौ २३
Himal
एमबीबीएस प्रवेश परीक्षामा सफल जुम्ल्याहा सन्तानका साथमा राकी दम्पती।

वीरगञ्ज (पर्सा)- पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ।

उनका जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) को प्रवेश परीक्षामा  छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा एकैसाथ हर्ष र खुसी छाएको हो।

चिकित्सा शिक्षा आयोगले गत भदौ १४ गते शुक्रबार सार्वजनिक गरेको एमबीबीएसको प्रवेश परीक्षामा राकीका छोरा नसिम राकीले १५८ दशमलव २५ अङ्क ल्याएर देशैभरिमा ५४औँ स्थानमा  नाम निकालेका छन्।

त्यस्तैगरी अर्का छोरा असिम राकीले पनि १३८ दशमलव २५ अङ्क ल्याएर तीन सय ७३औँ स्थानमा नाम निकालेका थिए। आयोगले भदौ १४ गते सार्वजनिक गरेको नतिजामा सामान्य त्रुटि भएको भन्दै भदौ १६ गते नतिजा सच्याएसँगै असिमले प्राप्त गरेको स्थान तीन सय ६८औँ कायम भएको छ। यद्यपि आयोगले नसिम र असिमले पढ्ने मेडिकल कलेजको सूची भने सार्वजनिक गरिसकेको छैन।

राकीका जुम्ल्याहा सन्तानले आरक्षणको कोटामा पनि फर्म भरेकाले पनि छात्रवृत्ति पाएर ‘एमबीबीएस जस्तो प्रतिष्ठित शिक्षा निःशुल्क अध्ययन गर्ने लगभग निश्चित जस्तै छ। मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने राकी परिवारमा खुसी छर्ने काम भने उनकै सन्ततिले गरेका हुन्।

‘जेठी छोरी डाक्टर नबु र माइला छोरा समिरले पैसा तिरेरै एमबीबीएस अध्ययन गरिरहेका छन्,’ उनले भने, ‘यसपाली त जुम्ल्याहा छोराले झनै छात्रवृत्तिमा नै नाम निकालेपछि त झनै  हर्षित भएका छौँ।’

फिरोज राकी र नसिमा प्रवीणका कोखबाट जन्मिएका चारै सन्तानले एमबीबीएस जस्तो प्रतिष्ठित शिक्षा पढ्ने अवसर पाउँदैछन्। ‘मेरा चारै सन्तान एमबीबीएस अध्ययन गर्ने अवसर पाएका छन्’, उनले भने, ‘मुस्लिम समुदायभित्र रहेर पनि छोराछोरीलाई असल संस्कारसहितको शिक्षादीक्षा दिएकै कारणले यो सम्भव भएको हो।’

गत वर्ष पनि जुम्लाहा छोराले शुल्क तिरेर एमबीबीएस पढ्नेमा नाम निकालेका थिए। तर, शुल्क तिरेरै पढेनन्। थप एक वर्षको मेहनतपछि दुवै छोराले छात्रवृत्तिमा नै पढ्ने अवसर जुरेको छ।

एमबीबीएसको प्रवेश परीक्षामा हालसालै नाम निकालेका नसिम राकीले दोस्रो प्रयासमा मात्रै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको बताए। ‘अघिल्लो वर्ष पनि इन्ट्रान्स परीक्षा दिएका थियौँ। तयारी र समय अभावका कारणले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सकेनौँ’, उनले भने, ‘बुबाआमाको प्रेरणा र आफ्नो नियमित र निरन्तर अध्ययनकै कारणले छात्रवृत्तिमा नाम निकाल्न सम्भव भएका हौँ। भर्खरै पहिलो खुड्किलो पार गरेका छौँ। अब राम्रोसँग अध्ययन गरेर दिनदुःखी र गरिबीको दुष्चक्रमा परेका उपचार नपाएकाहरुको सेवा गर्ने रहर छ।’

आफ्नो जुम्ल्याहा भाइसँगै छात्रवृत्तिमा नाम निकालेका दाइ असिम राकीको पनि खुसीले हर्षित भएको बताउँछन्। ‘अघिल्लो वर्षमा भएका गल्ती र कमजोरलाई हटाउँदै नयाँ जोश र उमङ्गले अध्ययन गरेकाले पनि यो वर्ष एमबीबीएसको इन्ट्रान्स परीक्षा क्र्याक गर्न सफल भएका हौँ’, उनले भने।

नसिम र आसिम राकी दुवै १० कक्षा वीरगञ्जकै  सामुदायिक विद्यालय माईस्थान विद्यापीठबाट अध्ययन गरेका थिए। उनहरुले कक्षा ११ र १२ भने ललितपुरको प्रसादी एकेडेमीबाट अध्ययन गरे।

बुबा फिरोज आफैँ पनि मेकानिकल इन्जिनियरका रुपमा २५ वर्षभन्दा धेरै समय बिताए। अहिले भने उनी वीरगञ्जकै एक शिक्षण संस्थामा अध्यापन गराउँदै आइरहेका छन्।

 छोराछोरीलाई दुःखजिलो गरेर नै अध्ययन गराउँदै आइरहेको उनको भनाइ छ। ‘मैले २५ वर्षभन्दा धेरै समय नेपालकै प्रतिष्ठित उद्योगी पद्म ज्योतिको हिमाल स्टिलमा काम गर्ने मौका पाए। त्यहाँ मैले परिवार र समाजलाई असल संस्कार दिने कुरा भने धेरै सिक्ने मौका पाए,’ उनले विगत स्मरण गर्दै भने, ‘अहिले पनि सामान्य खालकै घरमा बसोबास गर्दै आइरहेको छौँ। धन सम्पत्ति जोड्न भन्दा पनि सन्तानको पढाईलाई कसरी राम्रो गराउनेतर्फ मात्रै ध्यान दिँदै आइरहे। अहिले त्यसैको नतिजा पाएजस्तो अनुभव भइरहेको छ।’

मदर्सा इस्लामिया प्रसोतिपुर, लालपर्साकी प्रध्यानाध्यापक समेत रहेकी आमा नसिमा प्रविणले पनि असल संस्कारकै कारणले आफ्ना चारै सन्तानले चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएको बताइन्।

‘हामीले कहिल्यै पनि चारै जना सन्तानलाई कहिल्यै पनि डाक्टर बन्नुपर्छ भनेर दबाब दिएनौँ’, उनले भने, ‘जेठी छोरी नबुले एमबीबीएसमा नाम निकालेपछि अन्य भाइले पनि दिदीको सिको गर्दै अघि बढ्दा यो सफलता हात पारेका हुन्।’

फिरोजका जेठी छोरी डाक्टर नबु प्रविण युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा एमबीबीएसको अध्ययन सकेर अहिले इन्टनसिप गरिरहेकी छन्।

नबुले पनि २०७५ सालमा पैसा तिरेरै एमबीबीएस अध्ययन गरेकी हुन्। त्यति मात्रै होइन, फिरोजका माइला छोरा समीर राकी पनि २०८० सालको एमबीबीएसको प्रवेश परीक्षामा पैसा तिरेर पढ्नेमा नाम निकालेर अहिले धरानस्थित बिपी कोइराला इन्ष्टिच्युट अफ हेल्थ साइन्सेसमा पहिलो वर्षमा एमबीबीएस अध्ययनरत छन्।

आमा नसिमा प्रविणले आफ्नो श्रीमान्को साथ र सहयोगकै कारणले आफूले पनि बीचैमा रोकिएको अध्ययनलाई अघि बढाउने अवसर पाएको  सुनाउँछिन्।

‘मेरो विवाह हुँदा आठ कक्षा मात्रै पढेकी थिए’, उनले भने, ‘श्रीमानकै प्रेरणाका कारण रोकिएको पढाईलाई फेरि निरन्तरता दिने मौका पाए। यसका कारणले कारणले अहिले मदर्सा विद्यालयको नेतृत्व पनि हाँकिरहेको छु।’

अहिले पनि मुस्लिम समुदायका व्यक्तिहरुले आफ्ना छोराछोरीलाई शिक्षादीक्षा दिने विषयमा कञ्जुस्याइँ गरिरहेको उनले गुनासो गर्छिन्।

‘मुस्लिम समुदायमा अझै पनि छोराछोरीलाई पढाइलेखाइ त्यति धेरै चासो नदिँदा धेरै पछाडि परिरहेको अनुभूति गरेका छौँ’, उनले भने, ‘छोरा होस् या छोरी दुवैलाई असल शिक्षा दिन कोही पनि पछि हट्नु हुँदैन।’

बुबा राकीले आफ्नो परिवारका सदस्यलाई असर संस्कार र पढ्ने वातावरण तयार पार्न सबै बुबाआमा लाग्नुपर्ने सुझाव दिनुहुन्छ। ‘संस्कार माला जस्तै किनेर पाइँदैन’, उनले भने, ‘जुनसुकै अभिभावकले पनि आफ्नो छोराछोरीको चाहना र आकाङ्क्षाअनुसार नै अघि बढ्ने वातावरण मात्रै तयार गर्ने हो। आफ्नो भविष्यको ढोका त छोराछोरीले नै खोल्ने हो।’

आफ्ना चार वटै सन्तानले वरिष्ठ चिकित्सक गोविन्द केसीको पदचाप पछ्याइदिएको खण्डमा खुसी हुने बताउँछन्।

‘मेरा चारै सन्तानले वरिष्ठ चिकित्सक केसीले जस्तै असहाय र गरिबी जनतालाई स्वास्थउपचार गरुन् भन्ने चाहाना रहेको छ’, उनले भने, ‘असल शिक्षा र वातावरण दिएकाले पक्कै पनि सो पद्चाप अँगाल्छन् भन्ने आशा र विश्वास लिएको छु।’ -रासस

प्रकाशित: २०८१ भदौ २३ गते आईतबार ११:५३
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना