काठमाडौँ- नेपाली कांग्रेसले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता ओलम्पिकमा पदक विजेता पलेशा गोर्वधनलाई ५ लाख नगदसहित सम्मान गरेको छ। यसैगरी, प्रशिक्षक कविराज नेगीलाई नगद १ लाख ५० हजार रुपैयाँसहित कांग्रेसले सम्मान गरेको छ।
आइतबार केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम आयोजना गरी कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले पलेशा र उनका प्रशिक्षक कविराज नेगीलाई नगदसहित सम्मान गरेका हुन्। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी पनि सहभागी थिए।
पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। पेरिसमा भएको पारालिम्पिक्समा के-४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनी प्रतिस्पर्धा गरेकी पलेशाले कास्य पदक जितेकी थिइन्।
पलेशालाई एनसेलले १० लाख, काठमाडौँ महानगरले ५ लाखले सम्मान गरिसकेको छ।
यस्तै सरकारले उनले पाउने नगद पुरस्कार ६५ लाखमा कुनै पनि कर नलाग्ने घोषणा गरेको छ। पलेशालाई सम्मान र नगद प्रदान गर्ने क्रम जारी छ।


