काठमाडौँ– नागढुंगा मन्दिर नजिक पहिरो गएको छ।
नागढुंगा चेकपोस्टबाट करिब ३ सय मिटर तल नागढुंगा मन्दिर नजिक पहिरो गएको हो।
प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीका अनुसार पहिरो गएका कारण अहिले दुई तर्फीबाट अवरुद्ध भएको बताए।
पहिरोका कारण पृथ्वीराजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन्।
यसअघि पनि सोही ठाउँ नजिक पहिरो गएको थियो।


