काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा सत्तारुढ र प्रतिपक्षी दलका नेताहरु मुछिएको विषयले राजनीति तरंगित भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेको शीर्ष नेतृत्व बालुवाटार पुगेका छन्।
मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डसित छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका हुन्।
बालुवाटारमा नेतात्रयबीच भेटवार्ता जारी छ। संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको भोलिपल्टै तीन नेताबीच बालुवाटारमा जम्काभेट भएको हो। दलहरुबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि सहमति जुट्न बाँकी छ।
