२०८३ कार्तिक १२ गते बुधबार

सांसदको प्रश्नः भ्रष्टचारीलाई जोगाइरहने, काण्डैकाण्ड गरिरहने अनि देश डुबाइरहने ?

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २६
dr toshima karki samsad
प्रतिनिधिसभा बैठक सांसद डा. तोसिमा कार्की। तस्बिरः चन्द्रकला क्षेत्री/रासस

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सांसदमा बोल्दै भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ भन्दै प्रश्न गरेकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवातर्फ इंगित गर्दै भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ? भन्दै प्रश्न गरेकी हुन्।

‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिला विद्रोही भयो, महिला हिंसा भयो। मलाई उत्तर दिनुपर्‍यो। भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरेर राष्ट्रघात भएको छ। अपराध भएको छ कारबाही हुनुपर्छ,’ सांसद आरजु राणा देउवालाई इङगीत गर्दै उनले भनिन्।

गएको बैसाख २४ गते सार्वजनिक भएको टेप प्रकरणमा पूर्व प्रधानमन्त्री पत्नी आरजुलगायतका केही व्यक्तिलाई ठूलो रकम खुस दिइएको बताइएको थियो। गएको आइतबारको दिनमा आजुले संसदमा त्यसको खण्डन गरेकी थिइन्।

संसदकै अघिल्लो दिनको बैठकमा बोल्दै सांसद आरजुले महिलाले राजनीति गरेको देखेर पुरुषवादी समाज तर्सिएको भन्दै भ्रष्टाचारजस्तो विषयको आरोप आफूले खप्नुपरेको जनाएकी थिइन्।

‘भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति गम्भीर छौं भन्ने मेरो ठूलो प्रश्न छ। म नभएको दिनमा मेरो नामलाई इंगित गरेर अनेक थरि प्रश्न उठेको छ र आज पनि प्रश्न उठेको पाएको छु,’ प्रतिनिधि सभाको बैठकमा उनले भनेकी थिइन्, ‘एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सैह्य हुँदैन रहेछ। पुरूषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरूले भनेको भाष्य मात्रै हामीले बोल्नुपर्ने, उनीहरूले भनेको मात्र हामीले अभ्यास गर्नुपर्ने। त्योभन्दा अलिकति सार्वजनिक जीवनमा आयो भने पुरूषहरूलाई त्यो असैह्य हुने। योचाहिँ परिस्थिति बनेको छ। जसले जति आलोचना गरे पनि मैले बिराएको छैन, म डराउन्नँ।’

‘केही माननीयहरूले सदनको दुरुपयोग गर्नुभएको छ। संसद्‍मा कोही नांगिएर परेड खेल्ने, कोही मौन धारणा गर्ने। संसद्‍मा सांसदहरू मर्यादित नबन्दा आम नागरिक, सदन, सरकार र आफैं पनि अमर्यादित हुने हेक्का राख्नुपर्छ।’

कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा देशका ठूला निकाय र राजनेताहरुनै संलग्न रहेको आरोप लगाउँदै अनुसन्धान र कारबाही अगाडि बढाउनुपर्ने बताएकी छन्।

‘मेरो प्रश्न छ–यो सदन देश निर्माणका लागि छलफल गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहसनस्थल हो ? नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठूलाठूला निकाय र नेताहरु संलग्न भएको कुरा बाहिर आइरहेको छ,’ कार्कीले भनिन्, ‘प्रहरीद्वारा पक्राउ पूर्जी जारी गर्दासमेत राज्यले नै जोगाउन खोजिएको छ। एकले अर्कालाई जोगाइरहने, काण्डैकाण्ड गरिरहने अनि देश डुबाइरहने ? अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई नै दलाल स्थापित गराउने अनि के मुखले अनुदान माग्न जाने ?’

नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले प्रतिनिधिसभाको बैठक मजाक गर्ने थलोको रुपमा दुरुपयोग हुन थालेको भन्दै चिन्ता प्रकट गरेकी छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सदनको गरिमालाई मर्यादित बनाउनु सबै सांसदको कर्तव्य, दायित्व र जिम्मेवारीको विषय भएको बताइन्।

‘तर हाम्रा प्रस्तुति र गतिविधिहरु त्यति वाञ्छनीय देखिँदैनन्। सदन सिंगो मुलुकको भविष्य निर्माण गर्ने ठाउँ हो तर, यसलाई केही माननीयहरुले मजाक गर्ने थलोको रुपमा दुरुपयोग गर्नुभएको छ’, उनले भनेकी छन्।

यसअघि अमरेश कुमार सिंह लगायतका सांसदहरूले संसद्‍मा प्रस्तुत गरेका शैलीप्रति लक्षित गर्दै उनले भनिन्, ‘केही माननीयहरूले सदनको दुरुपयोग गर्नुभएको छ। संसद्‍मा कोही नांगिएर परेड खेल्ने, कोही मौन धारणा गर्ने। म सदनलाई मर्यादित बनाउन सभामुखमार्फत् ध्यानाकर्षण गराउन चाहान्छु । संसद्‍मा सांसदहरू मर्यादित नबन्दा आम नागरिक, सदन, सरकार र आफैं पनि अमर्यादित हुने हेक्का राख्नुपर्छ।’

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अन्तर मन्त्रालय समन्वय नहुँदा काठमाडौंको सडक पटक पटक भत्काउनु परेको बताएका छन्।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा मन्तव्य राख्नुहुँदै सांसद प्रदीप पौडेल। तस्बिर: चन्द्रकला क्षेत्री/रासस

प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा उनले काठमाडौंका धेरै जसो सडकको निर्माण कार्य अलपत्र परेको सुनाए।

‘खानेपानीको पाइप विछ्याउनेदेखि विजुलीको तार भूमिगत गर्ने नाममा सडक बारम्बार खनिएको छ,’ पौडेलले भने, ‘फुटपाथमा निर्माण सामग्री राखेर अस्तव्यस्त बनाइएको छ । सरकारका मन्त्रालयहरु विच समन्वय हुन नसकेका कारण एउटै सडक वर्षमा चारपटक सडक भत्काइएको छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद निशा डाँगीले लोकसेवा आयोगका विभिन्न पदमा आवेदन दिने परीक्षार्थीका तथ्यांक सुरक्षित नराख्ने अधिकारीहरूलाई कारबाही गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाको बैठकमा सांसद डाँगीले विश्वमा प्रविधिले फड्को मरिरहँदा हाम्रो सरकारले भने चार लाख आवेदकको डाटा पनि सुरक्षित राख्न नसकेको भनी आलोचना गरेकी छन्।

‘२०७९ सालको मंसिर, पुस र माघ महिनामा लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको डेटा हराएको छ। डेटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि डेटा रिकभर नभएपछि लाजमर्दो तरिकाले आयोगले पुनः दरखास्त आह्वान गरेको छ। विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डेटा सुरक्षित राख्न सकिरहेको छैन,’ उनको माग थियो, ‘डेटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गरियोस।’

प्रकाशित: २०८० बैशाख २६ गते मङ्गलबार ०३:०६
प्रतिक्रिया

थप समाचार

विधेयक रोकेर नराख्ने हो भने अध्यादेश सायदै आउँछन्

अध्यादेशको विरोध गर्नुभन्दा त्यसलाई कसरी जनमुखी बनाउन सकिन्छ भन्नेमा प्रतिपक्षी सांसदहरुले सुझाव दिन सक्छन्।

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीले भने- संसद्लाई बिजनेसको अभाव हुँदैन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई बिजनेसको अभाव हुन नदिन दल र सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने बताएका छन्। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको...

माघमा ७ दिन संसद बैठक बस्ने, १८ गते नै अध्यादेश पेस गर्ने तयारी

काठमाडौँ- माघ १८ गते सुरु हुने संसदको हिउँदे अधिवेशनका लागि माघ महिनाको क्यालेन्डर तय गरिएको छ। संघीय संसद् सचिवालयले माघ महिनाको क्यालेन्डर तयार पारेको हो। माघ महिनाका लागि संसदको क्यालेन्डर...

संसद चल्न नदिने अडानबाट पछि हट्यो माओवादी

काठमाडौँ-  'माओवादी हिंसा' संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने निर्णयबाट नेकपा (माओवादी केन्द्र) पछि हटेको छ। भदौ २६ गतेदेखि लगातार बैठकमा अवरोध गर्दै आएको माओवादी सोमबारको...

सुस्त संसद् : ३ वटा विधेयक पारित गरेर सकियो हिउँदे अधिवेशन [पूर्णपाठ]

काठमाडौँ- संघीय संसदअन्तर्गत प्रतिनिधि सभाले हिउँदे अधिवेशनमा तीन वटा विधेयक पारित गरेको छ। सभामुख देवराज घिमिरेले अधिवेशनले गरेका कामको विवरण पेस गर्दै तीन विधेयक पारित भएको जानकारी दिएका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना