२०८३ कार्तिक १३ गते बिहिबार

फेरि पनि ट्रम्पको हत्या प्रयास!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३१
trump_attack

फ्लोरिडा (अमेरिका)– अमेरिकी खुफिया संस्था फेडरल ब्युरो अप इन्भेस्टिगेसन (एफबीआई)ले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने नियतका साथ आक्रमणको प्रयास भएको बताएको छ।

घटनामा संलग्न एक जनालाई हिरासतमा राखिएको ब्युरोका अधिकारीहरूले पुष्टि गरेका छन्।

फ्लोरिडाको एक गल्फ कोर्समा ट्रम्पको हत्या प्रयास भएको हो।

अधिकारीहरूका अनुसार सेक्रेट सर्भिसका एजेन्टले झाडीमा राइफल देखेका थिए। यसपछि एजेन्टले ती व्यक्तिमाथि गोली हानेका थिए।

एफबीआईका अनुसार त्यसबेला ट्रम्प २७५ देखि ४५५ मिटर टाढा थिए।

घटनास्थलबाट एके-४७ जस्तै देखिने हतियार, स्कोप, दुईवटा झोला र गोप्रो क्यामेरा पनि बरामद भएको छ।

एजेन्टले उनीमाथि पटक–पटक गोली हानेपछि झाडीबाट ती शंकास्पद व्यक्ति निस्किएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। त्यसलगत्तै उनी कालो निसान कारमा देखिएका थिए। र, छिनमै अलप भए।

एउटा जना प्रत्यक्षदर्शीले नम्बर प्लेटसहित कारको तस्बिर खिचेका थिए। उक्त कार पछि मार्टिन काउन्टी क्लबको उत्तरी भागमा रोकियो।

‘यो कुरा हामीले मार्टिन काउन्टी शेरिफको कार्यालयलाई भनिसकेका थियौँ,’ पामबिच काउन्टीका शेरिफ रिक ब्राडशाले भने, ‘गाडी देख्नेबित्तिकै उक्त व्यक्तिलाई हिरासतमा लिइयो।’

त्यसपछि अधिकारीले प्रत्यक्षदर्शीसँग सोधपुछ गरेका थिए। उनीहरूको सोधपुछबाट पक्राउ परेका व्यक्ति र झाडीबाट निस्केर कारमा भागेको व्यक्ति एकै भएको पत्ता लाग्यो।

घटनापछि डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई इमेलमार्फत आफू सुरक्षित रहेको बताएका छन्।

ट्रम्पले भने, ‘मेरो गतिलाई कसैले रोक्न सक्दैन। म कहिल्यै हार मानेर छोड्दिनँ।’

सेक्रेट सर्भिस (गोप्य सेवा)ले यो विषयमा अनुसन्धान भइरहेको बताएको छ।

गोल्फ कोर्समा उपस्थित गोप्य सेवा एजेन्टले गजब काम गरेको शेरिफ ब्राडशाले बताए।

‘ट्रम्प जान चाहेको ठाउँमा सिक्रेट सर्भिसका एजेन्टले पहिल्यै पुगिसकेका हुन्छन्,’ उनले भने, ‘त्यही भएर उसले राइफल देखेर कारबाही गर्न सकेको थियो।’

डोनाल्ड ट्रम्पले गल्फ खेल्ने ठाउँलाई ट्रम्प अन्तर्राष्ट्रिय गल्फ कोर्स भनिन्छ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई घटनाबारे जानकारी गराएको बताएको छ।

‘ट्रम्प सुरक्षित रहेकोमा राष्ट्रपति र उपराष्ट्रपतिलाई राहत मिलेको छ,’ ह्वाइटहाउसले भनेको छ।

घटनापछि कमला ह्यारिसले सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्- अमेरिकामा हिंसाका लागि कुनै स्थान छैन।

बाइडेनले पनि उस्तै प्रकारको अभिव्यक्ति दिएका छन्। ‘मैले पहिले पनि धेरै पटक भनेको छु कि देशमा राजनीतिक हिंसा वा कुनै पनि प्रकारको हिंसाको कुनै स्थान छैन,’बाइडनले भेनका छन्।

रिपब्लिकन पार्टीबाट ट्रम्पका उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्सले भने, ‘यो खबर आउनुभन्दा केही समयअघि मात्र मैले ट्रम्पसँग कुरा गरेको थिएँ।उनी पूर्णरुपमा ठीक थिए। अहिले धेरै थाहा छैन। म आज राती मेरा बच्चाहरूलाई अझै जोडसँग अंकमाल गर्नेछु। र भगवानलाई धन्यवाद दिनेछु।’

ट्रम्पमाथि आक्रमणको प्रयास भएको थाहा पाएपछि उनका समर्थकहरूले फ्लोरिडास्थित उनको घरबाहिर जुलुस निकालेका छन्।

जुलाई १३ मा पेन्सिलभेनियाको चुनावी र्‍यालीमा पनि ट्रम्पमाथि आक्रमण भएको थियो। ट्रम्प कान छेडेर गोली बाहिर निस्किएको थियो।

ट्रम्पको कानबाट रगत बगिरहेको फोटोमा देखिन्थ्यो।

र्‍यालीस्थल नजिकैको छतबाट ट्रम्पमाथि गोली हानिएको थियो। उनीमाथि आक्रमण गर्ने व्यक्ति २० वर्षीय थोमस म्याथ्यू क्रक्स थिए। यसपछि सेक्रेट सर्भिसका स्नाइपरले गोली मारेका थिए।

यो घटनापछि सेक्रेट सर्भिसका विषयमा धेरै प्रश्न उठेका छन्। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा खटिएका प्रहरीले आक्रमणकारीलाई कसरी यति नजिकसम्म आउन दिए भन्ने प्रश्न पनि उठेको छ।

थोमसले १३० मिटर टाढाबाट ट्रम्पलाई निशाना बनाएर फायर गरेका थिए।

घटनाको दुई हप्तापछि सेक्रेट सर्भिससका निर्देशक किम्बर्ली चिटलले राजीनामा दिनुपरेको थियो।

प्रकाशित: २०८१ भदौ ३१ गते सोमबार १०:२१
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना